
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । आजबाट सुरु हुने प्रदेश अधिवेशन असार १ सम्म सम्पन्न हुने बताइएको छ ।
यसअघि रास्वपाको जिल्ला अधिवेशन जेठ २३ र २४ गते भएको थियो । रास्वपाले महाधिवेशनको तयारी स्वरूप जेठ २३ देखि देशभर जिल्ला अधिवेशन सुरु गरेको थियो ।
पार्टीको केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सकिए लगत्तै मंगलबारदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुन लागेको हो । असार ७ देखि ९ गतेसम्म रास्वपाको प्रथम महाधिवेशन चितवनमा हुनेछ ।






















