जोडिनुहोस
  • होमपेज
  • एक साताका लागि ५ देशको भ्रमणमा निस्किए मोदी

एक साताका लागि ५ देशको भ्रमणमा निस्किए मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साताव्यापी लामो भ्रमणको लागि निस्किएका छन् । उनी विभिन्न पाँच देशको भ्रमणको लागि आज निस्किएका हुन् । मोदीले यो साता घाना, क्यारेवियन देश त्रिनिडाड एण्ड टोबागो, अर्जेन्टिना, ब्राजिल र नामिबियाको भ्रमण गर्नेछन् ।

उनको यो जुलाई २ देखि ९ सम्म हुने साताव्यापी कुटनीति भ्रमणमा आगामी दिनमा दक्षिणी विश्वका प्राथमिकताका विषयमा छलफल हुने जनाईएको छ । उनी ब्राजिलमा आयोजना हुने ब्रिक्स समिटमा मुख्य आकर्षणको केन्द्र मानिएका छन् । उनले आफ्नो यी पाँच देशको भ्रमणले ग्लोबल साउथबीच सहकार्य र सम्बन्ध सुदृढ गर्न भूमिका खेल्ने विश्वास दिलाएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका