जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४५ मिनेटutes अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४६ मिनेटutes अगाडि
Verken de Betoverende Wereld van Vulkan Vegas en Win Goud
  • ५0 मिनेटutes अगाडि
Jackpot City Online Casino: A Premium Gaming Destination
  • ५४ मिनेटutes अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • १ घन्टा अगाडि
  • होमपेज
  • दिक्तेलका अनशनरत मेयर भट्टराईको जीवन रक्षाका लागि मानव अधिकार आयोगको आग्रह

दिक्तेलका अनशनरत मेयर भट्टराईको जीवन रक्षाका लागि मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगलेले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि सरकारसँग आग्रह गरेको छ ।

स्थानीय कच्चा पदार्थ सहज रूपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै काठमाण्डौमा अनशनरत भट्टराईको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको भन्दै आयोगले सरकारसँग आग्रह गरेको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले निकाल्नुभएको विज्ञप्तिमा आयोगले अनशनस्थल र वीर अस्पताल पुगेर अनुगमन गरेको पनि उल्लेख छ । अनशनरत मेयर भट्टराईलाई भेट्न स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि दिउँसो वीर अस्पताल पुगेका थिए।

मेयर भट्टराईले बाँस र कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न बिल्डिङ कोर्ड र नम्स तयार गरी कानून निर्माण गर्नुपर्ने, जथाभाबी प्रकृतिको दोहन गर्ने क्रसर उद्योगलगायतलाई कानून बनाई कारबाही गर्नुपर्ने, बाँदरलगायत जङ्गली जनावरको नीतिगत व्यवस्थापन गर्नुपर्नेलगायत सात बुँदे माग राख्नुभएको राखेका छन् ।