जोडिनुहोस
  • होमपेज
  • ट्रक पन्छाएपछि नारायणगढ–मुग्लिङ सडक सुचारु

ट्रक पन्छाएपछि नारायणगढ–मुग्लिङ सडक सुचारु

वीरगन्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान चितवनको  इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा पल्टिँदा अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडक सुचारु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार  ट्रक अन्यत्र सारिएपछि सडक सुचारु भएको हो । दुर्घटनामा मानवीय क्षति भने  नभएको उनले  बताए ।

सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौँ सवारीसाधन बाटोमा नै रोकिएका थिए । हाल सडक सुरु भए पनि लामो जामका कारण यात्रु सकसमा परेका छन् ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका