
राजावादी समूहले शुक्रबार पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । ‘संयुक्त जनआन्दोलन समिति’ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले शुक्रबार काठमाण्डौको माइतीघर–बिजुलीबजार सडकमा प्रदर्शन गरेको हो ।
त्यस क्षेत्रमा शुक्रबार दिउँसो यातायात प्रभावित भएको छ । उनीहरुले बिहीबार पनि प्रदर्शन गरेका थिए । संयुक्त जनआन्दोलन समितिले राजतन्त्रको पुनःस्थापना, हिन्दु राष्ट्र कायम हुनुपर्नेलगायतका माग राखेर हिजोदेखि आन्दोलन सुरु गरेको हो ।