जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • कानुन बनाएर गाँजाको खेती गर्न जनतालाई दिनुपर्छ : शेरबहादुर तामाङ

कानुन बनाएर गाँजाको खेती गर्न जनतालाई दिनुपर्छ : शेरबहादुर तामाङ

काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री तथा नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले कानुन बनाएर गाँजाको खेती गर्न जनतालाई दिनुपर्ने बताएका छन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उनले औषधीय प्रयोजनका लागि गाँजा खेती खोल्दा निश्चित व्यापारीलाई मात्र दिन नहुने बताएका हुन् । उनले ऐन र नियम चाँडो बनाएर जनतालाई आयआर्जनको बाटो खुला गर्नुपर्ने बताए । तर, गाँजा खेतीको खुला गर्ने भनेर निश्चित व्यापारीलाई अधिकार दिन नहुने उनले बताए ।

“कुनै व्यापारिक घराना र व्यापारीलाई गाँजा खेती खुला गर्न हुँदैन । सबै किसानलाई खेती गर्न दिनुपर्छ,” उनले भने, “खेती गरेपछि त्यसबाट उत्पादन हुने कच्चा पदार्थ कुनै कम्पनी तथा औद्योगिक घरनाले खरिद गर्न सक्छन् ।”

त्यस्तै गाँजा प्रयोग पर्यटन क्षेत्रमा खोल्नुपर्ने बताए । नीति अनुसन्धान प्रतिष्ठानले अध्ययन गरेर संसद्मा बुझाएको भन्दै यसलाई चाँडो मान्यता दिनुपर्ने उनको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका