जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्ड र एस जयशङ्करबीच भेटवार्ता,दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास

प्रधानमन्त्री प्रचण्ड र एस जयशङ्करबीच भेटवार्ता,दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास

काठमाडौं । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री प्रचण्ड बसेको होटल ताजमा जयशङ्करसँग सोमबार भेट भएको हो।

उनीहरुबीचको भेटमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो अवसरमा प्रधानमन्त्रीले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशङ्करलाई बधाई एवं कार्यकालको शुभकामना व्यक्त गरेका थिए। आगामी दिनमा दुई देशबीच रहीआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका