जोडिनुहोस
  • होमपेज
  • गण्डकीमा मन्त्रिपरिषद विस्तार: गुरूङ भौतिक पूर्वाधार, देवकोटा ऊर्जा मन्त्री

गण्डकीमा मन्त्रिपरिषद विस्तार: गुरूङ भौतिक पूर्वाधार, देवकोटा ऊर्जा मन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन्।

मुख्यमन्त्री पाण्डेले स्वतन्त्र सांसद राजिब गुरूङ (दीपक मनाङे) र नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई मन्त्री बनाएका हुन्।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले गुरूङ र देवकोटालाई मंगलबार मन्त्री नियुक्त गरेका हुन्।साथै नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख भट्टले शपथ गराएका छन्। मुख्यमन्त्री पाण्डेले सोमबार विश्वास मत प्राप्त गरेका थिए।

नेपाली कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र १ र माओवादीको चुनाव चिह्नबाट जितेका देवकोटाले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिएका थिए। गण्डकीमा यसअघि कांग्रेसबाट विन्दुकुमार थापा सामाजिक विकास र टकराज गुरूङ आर्थिक मामिला मन्त्री नियुक्त भएका थिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका