जोडिनुहोस
  • होमपेज
  • ताल निर्माण गर्दा ३० करोड अनियमितता, वाग्मतीका मेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ताल निर्माण गर्दा ३० करोड अनियमितता, वाग्मतीका मेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापा (हाल निलम्बित) सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा वाग्मती नगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख (इन्जिनियर) सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरी छन् ।

अख्तियारले दायर गरेको मुद्दामा उनीहरू प्रत्येकसँग ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ बिगो दाबी गरिएको छ ।वाग्मती नगरपालिका वडा नम्बर ४ र १२ मा अवस्थित वाग्मती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, बालुवालगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको उजुरी परेपछि अख्तियारले उनीहरूमाथि अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा उनीहरूले आपसी मिलेमतोमा बहुउद्देशीय माछा पोखरी निर्माण गर्ने कार्यको गुरुयोजना स्वीकृतसमेत नगरी काम सुरु गरेर ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances