जोडिनुहोस
  • होमपेज
  • खाँदबारी-नुम सडकमा वर्षाले पुर्‍यायो क्षति

खाँदबारी-नुम सडकमा वर्षाले पुर्‍यायो क्षति

सङ्खुवासभा : कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर  क्षेत्रमा  वर्षाले क्षति पुर्‍याएको छ।

यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले जानकारी दिए। कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा-पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ।

वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए।

वर्षाका कारण करिब एक करोड रुपैयाँ क्षति भएको उनले जानकारी दिए।

धेरै टिप्पणी गरिएका