जोडिनुहोस
  • होमपेज
  • सीधाकुराविरुद्धको मुद्दा न्यायाधीश चुडाल र शर्माको इजलासमा

सीधाकुराविरुद्धको मुद्दा न्यायाधीश चुडाल र शर्माको इजलासमा

काठमाडौं । अदालतको अवहेलनामा सीधाकुराविरुद्धको मुद्दा न्यायाधीश डा. कुमार चुडाल र विनोद शर्माको इजलासमा परेको छ । सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित मिडिया मालिक र वकिलहरूको सेटिङमा भ्रष्टाचारका चार सयभन्दा धेरै मुद्दा ‘सेटिङ’मार्फत खारेज गरिदिएको भन्दै सीधाकुराले अडियो सार्वजनिक गरेको थियो ।

‘द डार्क फाइल’ नाम दिएर प्रशारण गरेको सामग्रीले अदालतको विश्वसनीयता र निष्पक्षतामा गम्भीर प्रश्न उठाएको थियो । तर, अडियो फाइलमा नाम लिइएका न्यायाधीश र वकिल मुद्दासँग सम्बन्धित नभएको र व्यक्तिगत टकरावले भेटघाट समेत नगर्ने मिडियाका मालिकहरूको नाम जोडिएपछि अदालतले आफैँ सरोकारमा लिएर ‘सुमोटो’ निवेदनमार्फत अवहेलना मुद्दा चलाएको थियो ।

सीधाकुराले प्रसारण गरेको अडियो फाइल ‘फेक’ भएको प्रहरीको विधिविज्ञान प्रयोगशालाको रिपोर्टले देखाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका