जोडिनुहोस
  • होमपेज
  • हिट गीत ‘सानु म’ का मोडल दीपेश लामाको असामयिक निधन

हिट गीत ‘सानु म’ का मोडल दीपेश लामाको असामयिक निधन

सदाबहार नेपाली गीत ‘सानु म’ का मोडल दीपेश लामाको ३९ वर्षको उमेरमा निधन भएको छ।

काठमाडौंको बसुन्धरामा हिंड्दै गरेको अवस्थामा अचानक बेहोस भएर लडेका दीपेशको सडकमै निधन भएको उनका भिनाजु नाता पर्ने रास्वपा सांसद तथा फिल्म निर्देशक असिम शाहले बताए। ‘उहाँमा हेपाटाइटिस बी थियो। तर त्यसले नभएर हृदयघातका कारण निधन भएको आशंका छ,’ शाहले भने। दीपेशको पार्थिव शरीरलाई मंगलबार अन्त्येष्टि गरिएको छ।

थुप्रै गीतमा मोडलिङ गरेको उनको ‘तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म सानु म’ सर्वाधिक हिट मानिन्छ। आलोक नेम्बाङको निर्देशन, प्रेम लामाको स्वर रहेको यो गीतको भिडियोमा उनी र सुबानी मोक्तानको अभिनय छ।

दीपेशले केही सिरियलहरूमा समेत अभिनय गरेका छन्। उनको निधनको खबरलगत्तै फ्यानहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help