![मन्त्रिमण्डल हेरफेरबारे थाहा छैन, प्रधानमन्त्रीलाई सोध्छु : माधव नेपाल](https://sagarmatha.tv/wp-content/uploads/2024/06/Madhav-Nepal.jpg)
काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
बिहीबार संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले मन्त्रिमण्डल हेरफेरबारे जानकारी नभएको बताएका हुन् । उनले प्रधानमन्त्रीसँग हुने भेटमा यस विषयमा सोध्ने पनि बताए । अध्यक्ष नेपालले सदनमा सांसदको अभिरुचीका विषय आ–आफ्नो सोचाइ भएको उल्लेख गरे ।