जोडिनुहोस
  • होमपेज
  • चितवनमा पसलबाट लुटियो ३ किलो सुन र ३५ किलो चाँदी

चितवनमा पसलबाट लुटियो ३ किलो  सुन र ३५ किलो चाँदी

काठमाडौं : चितवनको कालिका नगरपालिकास्थित एक चुनचाँदी पसलमा लुटपाट भएको छ। कालिका नगरपालिका– ६ खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा गएराति लुटपाट भएको हो।

राति पसल बन्द गर्न सामान थन्क्याउने क्रममा मोटरसाइकलमा आएको दुई जनाको समूहले खुकुरी र चक्कु देखाइ लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज अर्यालले जानकारी दिए। उनका अनुुसार लुटेराहरुले तीन मिनेटभित्रमै लुटपाट गरेर सीसीटीभी क्यामेराको हार्ड डिस्क समेत लगेका छन्।

पसल सञ्चालकका अनुसार ३ किलो  सुन, ३५ किलो चाँदी २ लाख नगद लुटेराहरुले लगेका छन्। त्यसमध्ये ७७६ ग्राम सुन भने त्यही फेला परेको छ । लुटेराले चक्कु र खुकुरी पसलमै छोडेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको अर्यालले जानकारी दिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options