जोडिनुहोस
  • होमपेज
  • नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम घट्यो

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्से २.२७ अंकले बढेर २०७८.७६ विन्दुमा बन्द भएको छ ।

कारोबार रकम भने घटेको छ । बुधबार तीन अर्ब ४० करोड रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार चार अर्बभन्दा बढीको धितोपत्र खरिद बिक्री भएको थियाे ।

नेप्सेका अनुसार आज १३५ कम्पनीको सेयर मूल्य बढेको छ । १०४ कम्पनीको सेयर मूल्य घटेको छ । सर्वाधिक सेयर मूल्य बढ्नेमा नेपाल फाइनान्स, समाज लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी छ । यी तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका