जोडिनुहोस
  • होमपेज
  • नाउपाले गठन गर्‍यो नागरिक पत्रकार समाज

नाउपाले गठन गर्‍यो नागरिक पत्रकार समाज

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले ‘नागरिक पत्रकार समाज’ गठन गरेको छ। आज (बुधबार) अश्विन दानीको नेतृत्वमा नागरिक पत्रकार समाजको केन्द्रीय तदर्थ कमिटी गठन भएको हो।

दानीको संयोजकत्वमा ३१ सदस्यीय तदर्थ कमिटी गठन भएको हो। पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टी कार्यालय महारजगंजमा बसेको बैठकले गठन गरेको कमिटीमा शिवम मिश्र, प्रिंयका कामत, संजीव कुमार झा, शान्ति घतराज (बराइली), चत्र, प्रसाद पोखरेल, प्रत्युष लगुन, नरेन्द्र विष्ट, दीपक बिसी छन्।

त्यस्तै, अतित पोखरेल, सुशान्त घिमिरे, पंकज मिश्र, अनुसा सिजापति, आनन्द शर्मा, चंदन प्रसाद पटेल, आरती ठाकुर, सन्दिप शर्मा, मदन शाही, ऋषी वाग्ले, शम्भुप्रसाद थारू, जीवन डंगोल, नरेश चौधरी, सुसन रामदाम, आदित्य अजय, निरज झा, जुगेश दास, मोहन बराइली, किशोरी प्रजापति, आदर्श कटवाल रहेका छन्।

कमिटीले तत्काल अर्को बैठकमा प्रथम महाधिवेशन तथा विद्यान अधिवेशनको मिति तोक्ने र संगठनको विस्तार गर्ने संयोजक दानीले बताए। ‘हामीले अहिले भर्खरै कमिटीको बिउ मात्रै छरेका छौँ, रोपेका मात्रै हौँ, यसलाई मलजल गरेर थुप्रै कामहरू गर्नुपर्नेछ, पत्रकारितामा नयाँ पुस्ता, नयाँ जोश र जाँगर भएका सम्पूर्ण साथीहरूलाई साथमा समेटेर अग्रजहरूको सल्लाह र सुझावअनुसार पत्रकारिताको माध्यमबाट पेशागत मूल्य, मान्यता, आचारसंहिता र मर्यादामा रहँदै पार्टीका निम्ति काम गर्नेछौँ,’ दानीले भने।

पार्टी अध्यक्ष चौधरीले सबैलाई बधाई तथा शुभकामना प्रदान गर्दै पेशागत धर्म निभाउँदै पार्टीको नीति, विधान र सिद्धान्तअनुसार काम गर्न निर्देशन दिइन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help