जोडिनुहोस
  • होमपेज
  • १० अंकले घट्यो नेप्से, जीवन बीमा समूहमा भारी गिरावट

१० अंकले घट्यो नेप्से, जीवन बीमा समूहमा भारी गिरावट

काठमाडौं–साताको अन्तिम अर्थात् बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । यसरी गिरावाट आउँदा सबैभन्दा बढी जीवन बीमा समूहमा गिरावट आएको छ ।

आज नेप्से १०.४४ अंकले बढ्दा जीवन बीमा समूहको परिसूचक ८२ अंकले घटेको छ । अन्य दिनको तुलनामा कारोबारमा पनि कमी आएको छ । बिहीबार ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार रुपैयाँको ८६ लाख ६३ हजार ६९९ कित्ता शेयर ५३ हजार १७ पटक किनबेच भएको छ ।

बिहीबार ५२ वटा कम्पनीको मूल्य वृद्धि हुँदा सबैभन्दा बढी फाइन्यस समूहमा उत्साह देखिएको छ । आज एकै दिन फाइन्यस समूहमा ४२.०२ अंकले वृद्धि भएको छ । फाइन्स समूहमा ११ वटा कम्पनीले शेयर मूल्य बढेको छ भने १ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा फाइन्सको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज नेप्से १० अंकले घटेसँगै १८६ वटा कम्पनीको शेयर मूल्यमा पनि गिरावट आएको छ । १३ वटा समूहमध्ये १२ वटा समूहको शेयर मूल्यमा पनि गिरावट आएको छ । बिहीबार नेप्सेमा ३०६ वटा कम्पनीको शेयर कारोबार हुँदा ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स २.६९ अंकले, फ्लोट इन्डेक्स ०.७३ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९३ अंकले घटेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका