जोडिनुहोस
  • होमपेज
  • जसपा नेपालले लुम्बिनी सरकारलाई दिएको सर्मथन फिर्ता

जसपा नेपालले लुम्बिनी सरकारलाई दिएको सर्मथन फिर्ता

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रदेश सभामा जसपा नेपालकी एक्ली सांसद अम्बिका काफ्लेले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् । यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

सोही अनुसार संविधानको धारा १८८ को उपधारा २ बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेशसभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टीले निर्देशन दिइसकेको विज्ञप्तिमा उल्लेख छ । उनी समानुपातिक तर्फबाट सांसद बनेकी हुन् । प्रत्यक्षबाट सांसद बनेका दुई जनाले भने अशोक राई नेतृत्वको जसपा रोजेका छन् र सरकारलाई समर्थन गरेका छन् ।

राई नेतृत्वको जसपाबारे सर्वोच्चमा मुद्दा विचाराधीन छ । जसपा नेपालले समर्थन फिर्ता लिए पनि सरकारलाई ४७ सांसदको समर्थन रहेको छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्दछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका