जोडिनुहोस
  • होमपेज
  • मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

सिन्धुपाल्चोक– वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ ।

गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा रहेको अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए ।

२०७८ सालको बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुका केही वडालाई अस्थायी पुलले जोडेको थियो ।

पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज हुने भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख तामाङका अनुसार वर्षा सुरु भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको जनाउँदै अब ह्युमपाइप झिकेर सुरक्षित राखिने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका