जोडिनुहोस
  • होमपेज
  • झापामा चट्याङ लागेर दुईजनाको मृत्यु

झापामा चट्याङ लागेर दुईजनाको मृत्यु

विराटनगर । झापामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मंगलबार बिहान चट्याङ लागेर कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खनजोत गर्न खेततर्फ जाने क्रममा चट्याङ लागेर खड्का घाइते भएका थिए । उपचारार्थ उनलाई दमकस्थित आम्दा अस्पतालमा पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

गिरीलाई भने स्थानीय सीताराम दाहालका खेतमा धानको बीउ छर्न गएका बेला चट्याङ लागेको थियो । घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका