जोडिनुहोस
  • होमपेज
  • ०१५ सालदेखिका संसदीय गतिविधिलाई वेबसाइटमा राखौँ : बर्तौला

०१५ सालदेखिका संसदीय गतिविधिलाई वेबसाइटमा राखौँ : बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले ०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यस्तो माग गरेका हुन् ।

नेपालको संसदीय अभ्यास ०१५ सालदेखि सुरु भएको उनले उल्लेख गरे । त्यो बेलादेखिका संसदीय गतिविधिको अभिलेख आन्तरिक रूपमा भए पनि सर्वसाधारणको पहुँचमा नरहेको उनले बताए ।

संसद्को शून्य समयमा सांसद बर्तौलाको भनाइ पढ्नोस्–
नेपालको संसदीय अभ्यास २०१५ बाट सुरु भयो । २०१५ सालदेखिका अभिलेख आन्तरिक रूपमा होला, तर पब्लिक डोमेनमा आएन । अहिलेसम्म हेर्दा विभिन्न खालका संसद्का अभिलेखहरूलाई व्यवस्थित रूपमा सर्वसाधारणले सजिलै पुर्‍याउन सकेका छैनौँ । आज सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु । संसद्का समग्र गतिविधिहरूलाई वेबसाइटमार्फत सजिलै हेर्न सकिने गरी पब्लिक डोमेन्टमा ल्याउन माग गर्न चाहन्छु । २००८ देखिका राजपत्र खोज्दा भेट्न सक्छौँ । २०१३ सालदेखि पत्रिका भेट्न सक्छौँ । देशभर फौजदारी मुद्दा कस्तो छ भनेर खोज्दा सर्वोच्चको साइटमा हेर्ने हो भने भेट्न सकिन्छ । मन्त्रिपरिषद्का निर्णयहरू पनि समरीका रूपमा भेट्न सक्छौँ । तर, संसद्को समग्र गतिविधिलाई व्यवस्थित ढंगमार्फत राखिएको अवस्था छैन । व्यवस्थित गर्न माग गर्दछु ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका