जोडिनुहोस
  • होमपेज
  • बाढीका कारण विराटनगरमा ५०० बढी घर डुबानमा,सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह

बाढीका कारण विराटनगरमा ५०० बढी घर डुबानमा,सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह

काठमाडौं । । वर्षायामसँगै खोलोमा आएको बाढी बस्तीमा पसेपछि विराटनगरमा लगभग पाँच सय घर डुबानमा परेका छन् । मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार निरन्तर आएको वर्षाका कारण विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया रहेका खोलाको बाढी तटीय बस्तीमा पसन थालेपछि लगभग पाँच सयभन्दा बढी घरहरु डुबानमा परेका छन् ।

खोलाको बाढी विराटनगर महानगरपालिका–६ स्थित खोला आसपासका बस्तीमा पस्दा करिब ५ सय घरमा पसेको वडा नम्बर ६ का अध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए । वडाका अन्य क्षेत्र पनि डुवानमा परेको उनले बताए ।

वडा नम्बर १२ को बस्तीमा केसलिया खोलाको बाढी पसेको छ । वडा अध्यक्ष हिरालाल कामतका अनुसार खोला किनारका ६० बढी घर डुबानमा परेका छन् । पानीको बहाव बढेपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । मंगलबार रातिदेखि परेको पानी नरोकिएका कारण विराटनगरका विद्यालयले समेत विदा दिएको छ ।

अहिले प्रायजस्तो पहाडी क्षेत्रमा वर्षाका कारण बाढी पहिरोका कारण विभिन्न भौतिक तथा अभौतिक क्षेती भइरहेको छ भने तराईका जिल्लामा डुबानको समस्या रहेको छ । अहिले बाढी पहिरोमा परेर प्रभावित हुनेहरुको प्रहरी तथा स्थानीय सरकारले उद्धारको काम गरिरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका