![एकीकृत समाजवादीले थप्यो पदाधिकारी, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद रहने](https://sagarmatha.tv/wp-content/uploads/2024/06/cpn-united-socialist-yakikrit-samajbadi-1024x621-1.jpg)
काठमाडौं । महाधिवेशनको तयारीमा जुटेको एकीकृत समाजवादीले पदाधिकारी थप्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले महाधिवेशनको हलबाट अनुमोदन गर्ने गरी पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाएको हो ।
केन्द्रीय परिषदले १९९ सदस्यीय केन्द्रीय कमिटी र १९ सदस्यीय पदाधिकारी रहने विधान पास गरेको थियो । तर अब केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने निर्णय भएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
पदाधिकारीमा सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष थप गरिएको छ । केन्द्रीय उपाध्यक्षमा महिलाको सिट सुरक्षित गर्ने र आवश्यकता अनुसार वरिष्ठ नेता पद सिर्जना गर्नसक्ने निर्णय पनि भएको उपमहासचिव खतिवडाले जानकारी दिए ।