जोडिनुहोस
  • होमपेज
  • सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा एसइईको नतिजा ९३ प्रतिशत

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा एसइईको नतिजा ९३ प्रतिशत

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा ९३ प्रतिशत विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन् । विहिबार प्रकाशन भएको नतिजा अनुसार गत शैक्षिक सत्रमा कक्षा १० को माध्यमिक शिक्षा परिक्षा एसइइ दिएका गाउँपालिकाका ७७ जना विद्यार्थी मध्ये ९३ प्रतिशत अर्थात ७१ जना विद्यार्थीले एसइइ परीक्षा उत्तीर्ण गरेका हुन ।

गाउँपालिकामा रहेका ३ वटा माविबाट परीक्षामा सहभागि भएका ७७ जना विद्यार्थी मध्ये चन्द्रज्योति माविका सत प्रतिशत २३ जना विद्यार्थी परीक्षामा उत्तीर्ण भएका छन । यस्तै अर्को हिमगङ्गा माविबाट परीक्षामा सहभागि भएका २८ जना मध्ये ९८ प्रतिशत अर्थात २६ जना विद्यार्थीले कक्षा १० को एसइइ परीक्षा उत्तीर्ण गरेका छन । यस्तै गाउँपालिकाको बुद्ध माविबाट परीक्षा दिएका २६ विद्यार्थीहरूमा २३ जना उत्तीर्ण भएको गाउँपालिका शिक्षा शाखा संयोजक रेखराज बस्नेतले बताउनुभयो ।

अघिल्लो वर्ष ९१ प्रतिशत नतिजा हात पारेको गाउँपालिकाले यस वर्ष ३ दशमलव ५ प्रतिशत बढाउन सफल भएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताउनुभयो । आफै पूर्व शिक्षक समेत रहेकाले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागी जनप्रतिनिधिको रुपमा पालिकाको नेतृत्वमा आएपछि भरपुर लगानी गरिरहेको उहाँले बताउनुभयो । स्थानीय सरकारले गरेको लगानी यस पटकको सुधारोन्मुख नतिजाले खेर जान नदिएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help