![सहकारीबारे संसदीय छानबिन समितिको बैठक बस्दै](https://sagarmatha.tv/wp-content/uploads/2024/06/sahakari-chhanbin-samiti-7_tG4G0HohLR-1024x441.webp)
काठमाडौँ । सहकारी संस्था बचत रकम संसदीय विशेष छानबिन समितिको बैठक बस्दैछ । आइतबार बिहान ११ बजेपछि बस्ने बैठकमा यसअघि विभिन्न समयमा समस्याग्रस्त सहकारीको विषयमा छानबिन गरेका समितिका संयोजकसँग छलफल गर्ने एजेण्डा रहेको छ ।
समितिका संयोजक एमाले सांसद सूर्य थापाले भने– ‘यसअघि सहकारी संस्थामा छानविन, जाँचबुझ गर्ने समितिका ४ जना संयोजकसँग छलफल राखिएको छ । यसबाहेक अरु नियमित विषयमा छलफल गर्छौं ।’
सिंहदरस्थित संसद सचिवालयमा रहेको कार्यालयमा समितिको बैठक बस्न लागेको हो । गत जेठ १५ गते गठन गरिएको यो समितिलाई ३ महिनामा गोरखा मिडिया नेटवर्क लगायतका सहकारी संस्थाहरुको छानविन गरेर प्रतिवेदन बुझाउन ३ महिनाको समय दिइएको छ ।