जोडिनुहोस
  • होमपेज
  • तीन करोड ठगी आरोपमा लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

तीन करोड ठगी आरोपमा लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

ललितपुरको पुल्चोकमा रहेको लालीगुराँस सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ।

ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा रहेको लालीगुराँस सहकारीका अध्यक्ष, कोषाध्यक्ष, प्रमुख कार्यकारी अधिकृतसमेत चार जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो।

काठमाडौं महानगरपालिका वडा नम्बर १३ घर भई चुनदेवी बस्ने सहकारीका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ घर भई ललितपुर २५ भैसेपाटी बस्ने ४६ वर्षीय प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सहकारीका कोषाध्यक्ष लाजिम्पाटका ७५ वर्षीय अमृतकुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगर ११ का ६१ वर्षीय कदमबाबा जोशी प्रधानलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।प्रहरीका अनुसार उनीहरूमाथि तीन करोड रुपैयाँ सहकारीको बचत रकम ठगी गरेको आरोप छ।

यो सहकारीमा २२ हजार जना बचतकर्ता छन् भने जम्मा निक्षेप ६ अर्ब ३० करोड रुपैयाँ छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका