![एमाले सचिवालय बैठक सुरु](https://sagarmatha.tv/wp-content/uploads/2024/07/Uml_sachibalaya-1719912507-1024x567.jpg)
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा बैठक बसिरहेको छ ।
सोमबार नेपाली कांग्रेससँग भएको सहमति कसरी कार्यान्वयन गर्ने भन्नेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । सहमतिअनुसार दुई पार्टीबीच सुरुका दुई वर्ष एमालेले सरकारको नेतृत्व गर्ने र बाँकी अवधि कांग्रेसले गर्ने समझदारी भएको छ ।