![सुनचाँदीको मूल्य बढ्यो](https://sagarmatha.tv/wp-content/uploads/2024/07/Gold-vs-silver-1715492029-2-1024x576.webp)
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ४०० र चाँदीको २० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।