जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • नारायणी नदीको बाढीले झोलुङ्गे पुल बगायो

नारायणी नदीको बाढीले झोलुङ्गे पुल बगायो

चितवन– नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गएराति आएको बाढीले दुवैतर्फको पिल्लर भत्काई पुल बगाएको हो ।नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।

शनिबारदेखि परेको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दा एक सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।शनिबार राति आएको नारायणीको बाढीका कारण घरमा पानी पसेकाले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

धेरै टिप्पणी गरिएका