जोडिनुहोस
  • होमपेज
  • एमाले सांसद मैनालीले मागे गृहमन्त्रीको राजीनामा

एमाले सांसद मैनालीले मागे गृहमन्त्रीको राजीनामा

काठमाडौं । नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

बाढी, पहिरो र डुबानलगायत प्राकृतिक प्रकोपको उचित व्यवस्थापन गर्न नसकेको र कार्ययोजना बनाएर काम गर्न नसकेको भन्दै उनले राजीनामा माग गरेका हुन् । सोमबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद मैनालीले पछिल्लो एक महिनामा प्राकृतिक प्रकोपमा परी ६७ जना मानिसको मृत्यु भएको बताए ।

कैयौं घाइते भएको भन्दै मैनालीले निःशुल्क स्वास्थ्य उपचारको माग गरे । तमाम समस्याका बाबजुत सरकार कानमा तेल हालेर बसेको टिप्पणी गर्दै उनले थपे, ‘यो सबै घटनाको तत्काल जवाफ दिन माग गर्छु । होइन भने नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने सुझाव दिन चाहन्छु ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका