जोडिनुहोस
  • होमपेज
  • सर्लाहीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

सर्लाहीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । सर्लाहीमा पछिल्लो एक घण्टामा भारी वर्षा मापन भएको छ । सर्लाहीस्थित पर्वानिपुर वर्षा मापन केन्द्रमा सोमबार अपराह्न ४:२५ बजे भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो एक घण्टामा उक्त मापन केन्द्रमा ६३.८ मिलिलिटर वर्षा मापन भएको छ । विभागले झिम नदी, फुल्जोर खोला र अन्य साना नदीहरूमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका