जोडिनुहोस
  • होमपेज
  • विपद्मा तत्काल उद्धार र राहतको काम गर्न लुम्बिनीका मुख्यमन्त्रीको निर्देशन

विपद्मा तत्काल उद्धार र राहतको काम गर्न लुम्बिनीका मुख्यमन्त्रीको निर्देशन

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले अविरल वर्षाका कारण विपद्मा परेकाहरूलाई तत्काल उद्धार र राहत वितरणको काम गर्न निर्देशन दिएका छन् । वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावित जनताको जनधनको सुरक्षाका लागि राज्यका निकायहरूलाई कार्यक्षेत्रमा खटिन उनले निर्देशन दिएका हुन् ।

लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग अविरल वर्षाका कारण भएको क्षतिको जानकारी लिएपछि मुख्यमन्त्री महराले राहत तथा उद्धारमा सक्रियताूर्वक लाग्न निर्देशन गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

विपद्बाट प्रभावित नागरिकको सुरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता भएकोले जिल्ला विपद् व्यवस्थापन समितिले सबै निकायसँग सहकार्य गरेर काम गरिरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

वर्षापछि लुम्बिनी प्रदेशका केही स्थानमा सडक अवरुद्ध भएको छ । बाढी पहिरोले क्षति पु¥याउनुका साथै बस्ती डुबानमा परेका छन् । विपद्का कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री महराले उद्धार र राहतलाई सक्रियतापूर्वक विपद् व्यवस्थापन समितिले काम गरिरहेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका