जोडिनुहोस
  • होमपेज
  • बाँकेको बाल सुधारगृहमा झडप, फरार भए बन्दी

बाँकेको बाल सुधारगृहमा झडप, फरार भए बन्दी

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित बाल सुधारगृहभित्र बालबन्दीबीच झडप भएको छ । सोमबार (हिजो) साँझ करिब ८ बजे खाना खाने बेला उनीहरूबीच दोहोरो झडप भएको हो । झडपपछि सुधारगृहबाट १५/१६ बालबन्दी भागेका थिए ।

उनीहरूमध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुईजना भने अझै फरार रहेका लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डीआईजी) कुबेर कडायतले बाह्रखरीलाई जानकारी दिए । खाना खाने विषयमा उनीहरूबीच झडप भएको डीआईजी कडायतको भनाइ छ ।

उक्त बालसुधार गृहभित्र हाल २७२ बालबन्दी राखिएका छन् । उनीहरू सबै १८ वर्षमुनिका छन् । बालसुधार गृहको सुरक्षाका निम्ति खटिएका प्रहरी त्यहाँभित्र प्रवेश गर्न पाउँदैनन् । सुधारगृहबाहिर समेत हतियारबिना सुरक्षामा खटिनुपर्ने भएकाले बालबन्दी भाग्न सफल भएका प्रहरीले जनाएको छ । झडपमा संलग्न आठजनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको थुनामा राखिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका