जोडिनुहोस
  • होमपेज
  • झापा र गौरीगन्ज गाउँपालिकाका ५१ घर डुबानमा

झापा र गौरीगन्ज गाउँपालिकाका ५१ घर डुबानमा

विराटनगर । अविरल वर्षासँगै झापाको पश्चिम दक्षिण भेगका खोला तथा नदीमा आएको बाढी बस्तीतर्फ पसेको छ । यसबाट झापा र गौरीगन्ज गाउँपालिका बढी प्रभावित बनेका छन् । कतिपय स्थानका डुबानपीडितलाई सुरक्षित स्थानतर्फ सार्न थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कन्काई नदीमा आएको बाढीले गौरीगन्ज गाउँपालिका–१ को टप्पु बस्ती र झापा गाउँपालिकाको सुगाबथानका ५१ घरमा बाढी पसेको छ ।

झापा गाउँपालिका र गौरीगन्जमा असार लागेयता बाढीले बगाएर तीनजनाको मृत्यु भएको छ । एक बालक अझै बेपत्ता छन् । मंगलबार मात्र झापा गाउँपालिका–२ स्थित सानो माई खोलामा डुबेर रहमान आलम मियाँका तीन वर्षीय छोरा दिलसादको मृत्यु भएको छ ।

यता, रतुवा खोलामा आएको बाढीले कटानको जोखिम बढाएको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए । उनले भने, “नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीसहितको टोलीले प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत जानकारी लिएका छौँ ।” रतुवाको बहाव रोक्न अस्थायी जैविक तटबन्धन (बाँसको पाइलिङ) गरिने उनले बताए । खयरबारी क्षेत्रमा हरेक वर्ष रतुवा खोलाले कटान गर्दै आएको अध्यक्ष राईले सुनाए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका