जोडिनुहोस
  • होमपेज
  • कर्णाली राजमार्ग एकतर्फी खुल्यो

कर्णाली राजमार्ग एकतर्फी खुल्यो

मान्म– अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुलेको छ । गत शुक्रबारदेखि बन्द यो बाटो आज अपरान्हदेखि एकतर्फी खुला भएको हो ।

जिल्लाको शुभकालिका गाउँपालिका–१ मा गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी खुला भएको जुम्लास्थित डिभिजन सडक कार्यालयले जनाएको छ । राजमार्गको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सवारीसाधनका निम्ति खुला गरिएको उक्त कार्यालयका प्रमुख चेतनकुमार मण्डलले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका