जोडिनुहोस
  • होमपेज
  • बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा २ जना पक्राउ

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा २ जना पक्राउ
काठमाडौं । नाबालिकाहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका-१ घर भएका ३३ वर्षीय वीरबहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान छन् । उनीहरुलाई मानव बेचिबखिन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ मनोहरा-जडीबुटीमा गेष्ट हाउस सञ्चालन गर्दै आएका छन् ।
बालिकाहरुलाई राम्रो आम्दानी हुने प्रलोभन देखाएर गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाएको अनुसन्धानबाट खुलेको दाबी प्रहरीको छ । प्रहरीले उक्त गेस्ट हाउसबाट ३ जना बालिकाहरूलाई उद्धार गरेको छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका