जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जसपाको निर्णय, नयाँ बन्ने सरकारलाई सहयोग गर्ने

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जसपाको निर्णय, नयाँ बन्ने सरकारलाई सहयोग गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक वीरेन्द्रप्रसाद महतोले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिँदै छन् । बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिमा बन्ने नयाँ सरकार निर्माणलाई सहयोग गर्ने निर्णय पनि गरेको सांसद प्रदीप यादवले जानकारी दिए ।

कांग्रेस र एमालेबीच अब बन्ने सरकारको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने सहमति भइसकेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका