जोडिनुहोस
  • होमपेज
  • ओलीको बहकाउमा लागेर कांग्रेसलाई धोका दिएँ : प्रचण्ड

ओलीको बहकाउमा लागेर कांग्रेसलाई धोका दिएँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा अध्यक्ष केपी शर्मा ओलीको बहकाउमा लागेर आफूले कांग्रेससहितको गठबन्धन तोडेको बताएका छन् । शुक्रबार विश्वासको मत लिने क्रममा सदनलाई सम्बोधन गर्दै उनले वामपन्थी आन्दोलनको भावुक बहकाउले नै एमालेसहितको गठबन्धनमा लगेको बताए ।

“यसमा एमाले अध्यक्ष कला क्षमता तारिफ गर्न लायक छ । उहाँको हैसियतको अरु यहाँ कोही पनि छैन । मलाई राम्रो फकाउनु भयो । वामपनिथ मिल्नपर्छ । कांग्रेस को हो ? यस्तै यस्तै धेरै…,” उनले भने, “म मान्छे यस्तै हुँ । प्रचण्ड यस्तै छ चिन्नुभएकै छ । अलिअिल सेन्टिमेन्टल भावुक । मिठो बोलेपछि होला त नि भनेर विश्वास गरेँ । फेरि म वामपन्थी नै परेँ । अर्को चुनावमा पश्चिम वंगालजस्तो भइन्छ भनेपछि हो भन्ने लाग्यो ।”

उनले सरकारको गियर परिवर्तनका लागि यो उपयुक्त बाटो हो भन्ने मानेको स्मरण गरे । नयाँ उदाएका शक्तिहरू पनि सरकारमा आएपछि तुलनात्मक रूपमा सकारात्मक वातावरण बनेर जनतामा आशा पनि जागेको भन्दै उनले भने, “तर, जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, त्यो षड्यन्त्र थियो भन्ने थाहा पाउन म ढिलो भएँ ।”

केपी ओलीप्रति संकेत गर्दै उनले केही मान्छेहरू कहिल्यै कुण्ठा र प्रतिशोधबाट निस्किन नसक्ने बताए । उनले लामालामा मीठा र भरोसापूर्ण संवादहरूबाट अल्मल्याइएको उल्लेख गर्दै भने, “१७ गते बिहान स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ । म यसको नैतिक जिम्मेवारी लिन तयार छु ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका