जोडिनुहोस
  • होमपेज
  • बेपत्ता दुई बसको खोजीमा पाँच सय सुरक्षाकर्मी परिचालन गरेका छौँ : गृहमन्त्री लामिछाने

बेपत्ता दुई बसको खोजीमा पाँच सय सुरक्षाकर्मी परिचालन गरेका छौँ : गृहमन्त्री लामिछाने

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परि त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रु बस खोज्न पाँच सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी गराएका छन् ।

गृहमन्त्री लामिछानेले बाढी र पहिरोको जोखिम भएका क्षेत्रमा रेड अलर्ट जारी गरी ती स्थानहरूमा रात्रि बस संचालन नगर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको जानकारी दिएका छन् । लामिछानेले दुई यात्रु बस पहिरोले बगाएको प्रति दुख व्यक्त गर्दै सो सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीहरू परिचालन गरिएको जानकारी गराएका छन् ।

उनले संसदमा पछिल्लो २४ घण्टामा बाढी पहिरोबाट देशभर १७ जनाको मृत्यु भएको जानकारी दिएका छन् । साथै लामिछानेले विपदबाट राहत र उद्धारको काम सरकारले तीव्र रूपमा गरिरहेको संसदमा जानकारी गराएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका