जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सरकार नभएपछि सङ्घीय संसद्का दुवै बैठक भोलिका लागि सारियो

सरकार नभएपछि सङ्घीय संसद्का दुवै बैठक भोलिका लागि सारियो

काठमाडौं।नयाँ सरकार बनिनसकेकाले आजका लागि तोकिएका सङ्घीय संसद्को बैठक सारिएको छ।

नयाँ सरकार गठन आज मात्रै हुने भएकाले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भोलिलाई सारिएको हो।

आज दिउँसो ३ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक विशेष कारणले भोलि दिउँसो १ बजे बस्नेगरी निर्धारण भएको छ।

त्यस्तै आजै दिउँसो सवा १ बजे तय भएको राष्ट्रिय सभाको बैठक पनि भोलि बिहान साढे ११ बजे बस्नेगरी तय गरिएको सङ्घीय संसद् सचिवालयले सूचना मार्फत जानकारी गराएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका