जोडिनुहोस
  • होमपेज
  • गृहसचिव र सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमा

गृहसचिव र सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमा

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र सुरक्षा निकायका प्रमुखहरू पुगेका छन् । शुक्रबार बिहान सो क्षेत्रमा पहिरो खस्दा दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका थिए ।

सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल, आईजीपी वसन्त कुँवर र सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल घटनास्थलमा पुगेका हुन् । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट बागमति प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका हुन् ।

दुर्घटनामा परेका ५ जनाको शव फेला परेको छ । शव भेटिएका सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका