जोडिनुहोस
  • होमपेज
  • राम्रो काम नगर्नेलाई किमले गरे निलम्बन र घटुवा

राम्रो काम नगर्नेलाई किमले गरे निलम्बन र घटुवा

सिउल । उत्तर कोरियाका नेता किम जोङ उनले देशको उत्तरी भागमा नयाँ सहर बनाउने एउटा परियोजनामा राम्रो काम नगरेको भन्दै निलम्बन र घटुवा गरेको छ ।

वरिष्ठ अधिकारीलाई निलम्बन गर्नुका साथै केहीलाई घटुवा गरेको सरकार नियन्त्रित मिडिया केसीएनएले जनाएको छ ।किमले सम्जियोन क्षेत्रको भ्रमणका क्रममा उच्च सभ्यतायुक्त पर्वतीय सहर जसलाई ‘सोसलिस्ट युटोपिया’को मोडलको रूपमा बनाउन उनले यसअघि निर्देशन दिएका थिए । जसमा अपार्टमेन्ट, स्कि होटेल, कमर्सियल कल्चर र मेडिकल फेसिलिटीको व्यवस्था गर्ने जनाइएको थियो ।

अहिलेसम्म भएको निर्माणको उपलब्धिलाई लिएर निर्माणकर्ताको उनले सह्राहना गरे पनि गम्भीर विचलन जस्तो कमजोर निर्माण कार्य र आर्थिक नोक्सानीलाई लिएर उनी वरिष्ठ अधिकारीहरूसँग असन्तुष्ट भएको बताइएको छ । स्टेट कन्स्ट्रक्सन कन्ट्रोलमन्त्री रि सुन चोल गएको सेप्टेम्बरमा सो पदमा नियुक्त भएकोमा डिसेम्बरदेखि सो क्षेत्रमा नगएको भन्दै उनलाई पदबाट निलम्बन गर्दै किमले औपचारिक छानबिन सुरु गरेका छन् ।

किमले निर्माण सुपरिवेक्षण समितिका सबै सदस्यलाई पनि निलम्बन गर्नुका साथै सो प्रक्रियामा संलग्न सत्तारूढ वर्कर्स पार्टीका सदस्यहरूलाई पनि घटुवा गरेका छन् । आफ्नो कामलाई बेवास्ता गरेकोमा उपप्रधानमन्त्री र अन्यलाई पनि छानबिन गरिने उनले बताएका छन् ।

आन्तरिक पर्यटकका लागि बनाइएको होटेलमा गएर त्यसको निर्माण ‘आउटडेटेड’ भएको भन्दै त्यसलाई नयाँ मोडलमा बनाउन समेत आग्रह गरेका छन् । यस्तो गल्तीले सहरी विकासको दीर्घकालीन योजनालाई नराम्रोसँग असर गर्ने र आर्थिक क्षति पनि गराउने उनले बताएका छन् । रोयटर्स

प्रचलन खबर

धेरै टिप्पणी गरिएका