जोडिनुहोस
  • होमपेज
  • दोलखामा सवारी जरिवानाबाट ६४ लाख राजस्व संकलन

दोलखामा सवारी जरिवानाबाट ६४ लाख राजस्व संकलन

दोलखा– जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले आर्थिक वर्ष २०८०/८१ को १२ महिनामा ६४ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयले आठ सय २४ वटा सवारी कारबाहीबाट ६४ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका इन्चार्ज ठाकुर प्रसाद भट्टराईले बताए । कार्यालयले गत आर्थिक वर्ष सवारी नियम उलङ्घन गर्ने एक हजार ३४ वटा ट्रक कारबाहीबापत दश लाख छ हजार, एक हजार दुई सय ४५ वटा बस कारबाहीबापत दश लाख ४२ हजार पाँच सय, दुई हजार आठ सय ९६ वटा साना सवारी जिप कार कारबाहीबापत २२ लाख १७ हजार, ७४ वटा टेम्पो कारबाहीबापत ५५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरिएको प्रमुख भट्टराईले बताए ।

कार्यालयको वार्षिक तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ३५ वटा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ पुरुष र ४ महिला रहेका छन् ।

कार्यालय गत वर्ष तीन सय ४६ वटा दुर्घटना न्यूनीकरण तथा सचेतना कार्यक्रम संचालन गरेको थियो । जसमा ५१ हजार ३५ जना लाभान्वित भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help