जोडिनुहोस
  • होमपेज
  • वर्षाले राष्ट्रिय सभागृह जलमग्न

वर्षाले राष्ट्रिय सभागृह जलमग्न

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह परिसर जलमग्न भएको छ । गए रातिको भारी वर्षाका कारण जमेको पानीको उचित निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो ।

ठूलो पानी पर्नासाथ परिसर जलमग्न हुने गरेको छ । सभागृहको भुइँतलास्थित मेट्रो एफएमको कार्यालयभित्रै पानी पसेको छ ।काठमाडौं महानगरपालिका मातहतको सभागृहमा महानगरकै केही कार्यालय पनि छन् । महानगरका ती कार्यालय रहेको भवनमा पनि पानी पसेको छ ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलको कार्यालय पनि यसअघि यहीँ थियो । हाल मेयर र उपमेयरको कार्यालय कमलादीमा छ ।

जलमग्न भएको परिसरको पानी पम्प लगाएर तानेर बाहिर फालिएको छ । हिमालयन टेली भ्वाइस

प्रचलन खबर

धेरै टिप्पणी गरिएका