जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • तोकिएको समयमा महाधिवेशन नभए पार्टी धाराशयी हुन्छ : शेखर कोइराला

तोकिएको समयमा महाधिवेशन नभए पार्टी धाराशयी हुन्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरूसँगको काठमाडौँमा छलफल गरेका छन् ।

कोइरालाले सो भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरूको कार्यशैली हेर्दा तोकिएको समयमा १५औँ महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताए । तोकिएको समयमा महाधिवेशन नभए पार्टी धाराशयी हुने र त्यसको असर आगामी निर्वाचनहरूमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरे ।

महानगरका सभापतिहरुले आफूहरूको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए । भेटघाटमा महानगर सभापतिहरु निलकाजी शाक्य- काठमाडौ, सुवानन्द धाख्वा- ललितपुर, चित्रसेन अधिकारी- भरतपुर, दीपक चापागाईं- बिराटनगर र मनिन्द्र नेपाली- वीरगन्जबाट सहभागी थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका