जोडिनुहोस
  • होमपेज
  • पोखरामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पोखरामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ हल्लन चोकमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आज बिहान ५ बजेर ४० मिनेटमा ग ३ च ३४५७ नम्बरको हाइलक्स गाडी र ग ११ प ९१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय ईश्वर परियारको मृत्यु भएको हो ।उनलाई गण्डकी मेडिकल कलेजमा पठाइएकोमा आज बिहान ६:४३ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

वडा प्रहरी कार्यालय बैदामको टोलीले हाइलक्स गाडी चालक बर्दियाको ठाकुरबाबा नगरपालिका ८ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ ड्यामसाइड बस्ने ३० वर्षीय सुशील दहितलाई नियन्त्रणमा लिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका