जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा

प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्धको रिट आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासमा परेको छ ।

प्रधानमन्त्रीमा ओलीलाई नेपालको संविधानको धारा ७६ (२) अनुसार गरिएको नियुक्ति संविधानविपरीत भएको भन्दै अधिवक्तात्रय दीपक अधिकारी, खगेन्द्रकुमार चापागाईं र शैलेन्द्रकुमार गुप्ताले गएको असार ३१ गते रिट दायर गरेका थिए । उक्त रिट न्यायाधीश ढकालको इजलासको चौथो नम्बरमा परेको छ ।

संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री एकपटक नियुक्त भइसकेको अवस्थामा पुनः ओलीलाई त्यहीबाट बनाउन नमिल्ने रिटमा जिकिर गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका