जोडिनुहोस
  • होमपेज
  • गुरुप्रति सम्मान व्यक्त गर्दै मनाइयो गुरु पूर्णिमा

गुरुप्रति सम्मान व्यक्त गर्दै मनाइयो गुरु पूर्णिमा

काठमाडौं– असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आइतबार शिक्षा दिने गुरुप्रति सम्मान व्यक्त गर्दै गुरु पूर्णिमा मनाइएको छ ।

शिक्षा सभ्यता तथा संस्कृति एवं नैतिक विकासमा गुरुहरूको देनलाई स्मरण गर्दै हरेक हरेक वर्ष असार शुक्ल पूर्णिमाका दिन गुरुप्रति सम्मान र श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाउने गरिन्छ ।गुरु पूर्णिमाका अवसरमा काठमाडौंको गोल्फुटारस्थीत श्रीमुक्तिनाथ सेवाश्रममा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

हिन्दु धर्मावलम्वीहरुले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहश्रनामका रचयीता तथा वेदलाई चार भाग लगाउने वेदव्यासको जन्म जयन्तीलाई गुरुपूर्णिमाका रूपमा मनाउने गरेका हुन् ।आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेद–वेदाङग पढाएकाले व्यासलाई प्रथम तथा सर्वश्रेष्ठ गुरु मानिन्छ ।

हिन्दु मान्यताअनुसार सङगीत लगायत ६४ कला सिकाउने, गायत्री–दीक्षा, मन्त्र–वेदमन्त्र दिने आचार्य, उमेर–बुद्धि–बल र अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता–माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका पनि गुरुकै कोटीमा पर्दछन् । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको मुक्तिपीठाधीश्वर स्वामी कमलनयनाचार्यले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help