जोडिनुहोस
  • होमपेज
  • सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ

सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले सेवाग्राहीसँग घुस लिएको आरोपमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका लेखा अधिकृत अमृता कोइरालालाई नियन्त्रणमा लिएको छ ।

लेखा अधिकृत कोइरालाले औषधी आपूर्तिको बिल भुक्तानी दिए वापत सेवाग्राहीसँग नगद एक लाख ५० हजार र ४ लाख ५० हजार रुपैयाँको चेक लिएको अवस्थामा भरतपुर महानगरपालिका–४ कटहर थोकबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । एक सूचना एवं उजुरीका आधारमा आयोगको कार्यालय हेटौँडाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका