जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • कांग्रेस–एमाले मिल्नु राजनीतिक प्रणालीको उपज : मुख्यमन्त्री कार्की

कांग्रेस–एमाले मिल्नु राजनीतिक प्रणालीको उपज : मुख्यमन्त्री कार्की

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कम्युनिस्ट आन्दोलन र समाज रूपान्तरणका निम्ति पुष्पलालको योगदान अतुलनीय रहेको बताएका छन् । पुष्पलाल स्मृति दिवसका अवसरमा सोमबार विराटनगरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

वाम–लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले खेलेको भूमिका र संघर्षका कारण राजनीतिक परिवर्तन भएको उनले उल्लेख गरे । “वामपन्थी पार्टी र प्रजातान्त्रिक पार्टी मिलेर निरंकुशता ढाल्नुपर्छ भन्ने विचार पुष्पलालको थियो र त्यही जगमा २०३६ सालको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेको हो,” उनले भने ।

०४६ साल र त्यसपछिका आन्दोलन वाम–लोकतान्त्रिक शक्तिको बलमा सफल भएको उनले बताए । “अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था राजनीतिक प्रणालीको उपज हो । परिवर्तनका लागि वामपन्थी र प्रजातान्त्रिक दल मिल्नुको विकल्प थिएन,” उनले भने ।

वामपन्थी नेता १०१ वर्षीय नरबहादुर लिम्बूलाई त्यस अवसरमा सम्मान गरिएको थियो । लिम्बूको परिवारका सदस्यले सम्मानपत्र ग्रहण गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?